पोखरा विश्वविद्यालयलाई अखिल कपको उपाधि

मैत्रीपूर्ण खेलमा मिडियाकर्मीको टोली विजयी

पाेखरा | माघ १२, २०८०

पोखरा विश्वविद्यालयलाई अखिल कपको उपाधि

पोखरा:   अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागद्वारा आयोजित प्रथम अखिल कपको उपाधि पोखरा विश्वविद्यालयले जितेको छ ।

 

पोखरा महानगरपालिका १६ स्थित चिन फुटसलमा आज (शुक्रबार) भएको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै पोखरा विश्वविद्यालयले उपाधि जितेको हो ।

 

उपाधिसँगै पोखरा विश्वविद्यालयले ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता टिमले ८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलका अनुसार सो प्रतियोगिताबाट अन्नपूर्ण गाउँपालिकाका सविन नेपाली सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

 

 

यस्तै पोखरा विश्वविद्यालयका  सागर अधिकारी उत्कृष्ट गोलरक्षक  र माछापुच्छ्रे गाउँपालिकाका सफल ढकालले प्रतियोगिता अवधिभर कुुल ११ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।

 

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज विजय पौडेल, अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सदस्य किशोर सुवेदी, अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछाने, अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेल, पिइएनका अध्यक्ष शैलेन्द्र क्षेत्री अनेरास्ववियु कास्कीका खेलकुद विभाग प्रमुख सागर पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगिताको समापन समारोह पूर्व आयोजक कमिटी र पोखराका मिडियाकर्मीबीच भएको मैत्रीपूूर्ण खेलमा मिडियाकर्मी टोलीले आयोजक कमिटीलाई ६–४ गोल अन्तरले पराजित गरेको थियो । 

 

कास्की जिल्ला भित्रका विभिन्न १९ क्याम्पसको टिमले सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

 

सो अवसरमा बोल्दै अधिकारीले खेलकुदको माध्यमबाट सबै विद्यार्थीलाई एउटै सुत्रमा बाँध्न सहयोग पुर्र्याउने धारणा व्यक्त गरेका थिए । 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्